Rule 15A
स्थानान्तरण वा स्याटेलाइटसँग सम्बन्धित विवरण संशोधन नगरिनेः
नियम १५ मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम ९क. को उपनियम (१) बमोजिमको अवधिभित्र प्रसारण प्रारम्भ नगरेसम्म त्यस्तो इजाजतपत्र वा अनुमतिपत्र प्राप्त व्यक्ति वा सङ्गठित संस्थाको इजाजतपत्र वा अनुमतिपत्रमा उल्लिखित स्थानान्तरण, क्षमता वा स्याटेलाइटसँग सम्बन्धित विवरणमा संशोधन गरिने छैन।